मिम्जिफुङ् प्रेजेण्ट मिडियाको आयोजनामा २०७८ देउसी खेलेर मृगौला पिडित एलिना लिम्बूलाई आर्थिक सहयोग

  •   कविन तुम्बापो

चैविसे, २७ कातिक/  धनकुटा मिम्जिफुङ् प्रेजेण्ट मिडियाको आयोजनामा २०७८ सालको दीपावलीमा देउसी भैलो खेलेर सहयोग जुटाई चौविसे गाउँपालिका वडा नं. ८ सम्मेवा निवासी मृगौला पिडित एलिना लिम्बूलाई नगद रकम रु. ४५,०००/– मिडियाको जम्बु टिमले शुक्रबार हस्तान्तरण गरेका छन ।

 

धनकुटाको चौविसे गाउँपालिका डाँडाबजार, राजारानी,लोक्फादेन,गिद्धे, थाप्रोङ, हाङ्फाबुङ,आइतबारे र मोरङको जेफाले,प्रतिभा लेचाङगो लगायत स्थानहरुमा देउसी भैलो खेलेर जम्मा दान दक्षिणा रु. ९५ हजार छ सय ५१ रुपैयाँ संकलन गरेकोमा खर्च रु १० हजार एक ५१ रुपैयाँ टिसर्ट लन्च अभियानमा हिन्दा आते जाते पेट्रोल खर्च कटाएर बचेको रकम मध्ये रु.४० हजार पाँच सय रुपैयाँ मिडियाको कोष निर्माण गर्न श्री चौविसे समाज कल्याण कृषि सहकारी संस्था लि. मा १२% ब्याजदरले आवधिक बचतमा राख्ने र रु ४५ हजार रुपैयाँ बिरामीलाई प्रदान गर्ने मिडियाको निर्णय भएअनुसार उक्त रकम एलिना बचाउ सहयोग समितिका संयोजक भिम कार्की, सचिव हृदय थेगिम, सदस्य टेकबीर युङ्साहाङ, सदस्य दिपेन्द्र खजुम, सदस्य भिमा लिम्बु, सदस्य शान्ति चेम्जोङ, मिडियाका राजेश किराती, श्रीमान खजुम, सर्गम खजुम, कबिन लिम्बू, र सहभागी आराम थेगिम, कृष्ण खजुम,कमला तुम्बापो, दिलकुमार लिम्बु लगायत महानुभावहरुको उपस्थितिमा चौविसे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर खजुमको हातबाट उनको निवासमा विरामीको अभिभावकहरुको साथमा विरामीलाई सहयोग प्रदान गरिएको हो ।

मृगौला पिडित एलिना लिम्बू विगत ७ बर्ष देखि यता एस एल इ नामक रोग, सेतो रगतको कमि हुने नयाँ भेरिएन्स जस्ता रोगका कारण शरीरको विभिन्न भागका ज्ञानेन्द्रीय अङगहरुमा संक्रमण हुनका साथै विशेष गरी दुईवटै मृगौला फेल गराई दिए पछि उनी दैनिक औषधी सेवन गर्दै बसेकी छिन । उनलाई मासिक औषधी उपचारको लागि २० हजार बराबरको खर्च हुन्छ । र त्यो खर्च देश विदेशमा रहेका आफन्त साथीभाइ आफ्नो शुभचिन्तक र अभियन्ता मार्फत सहयोग जुटाइ दिईरहेको मृगौला पिडित एलिनाले वताएकी छिन ।