- नरेश क्षितिज,
धरान , २७ कातिक २०७८/
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय नीति तथा कार्ययोजना अनुसार संचालित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानका क्रममा धरान ५ नं वडाका संघीय लिम्बुवान मंचका उपाध्यक्ष गणेश लाओती सहित दर्जनौँ नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।
लाओती सहित नेकपा एमाले,नेपाली काँग्रेस लगायत पार्टी परित्याग गरि जसपा प्रवेश गर्नेहरुमा प्रेमबहादुर मगर, वीरबहादुर सेरेङ्ग, सुजन राई, गोविन्द घतानी, गंगा लाओती, हर्क वनेम, शंकर विक, योगेश लिम्बू, भीमकुमार लाओती, टंक लाओती, विशाल लिम्बू, तेजविक्रम लाओती, रोशनी रिसाल, योगेन्द्र लिम्बू, मणिकुमार तामाङ्ग, पूर्ण थुलुङ्ग, गोपाल परियार, ठकुलाल माझी, रेणु गुरुङ्ग, ईन्द्र गुरुङ्ग, यासिका दाहाल, गंगा राई,अनोज राई, विकास राई, मोतिराज राई, कर्ण राई, श्याममणी लिम्बू, आश वा तामाङ्ग, दिलमाया लिम्बू, कृष्ण लाओती, मन विष्ट लगायत रहेका छन् ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथि केन्द्रीय सदस्य तथा अभियान संयोजक दिपक मेन्याङ्बोले अविर र खादा लगाएर स्वागत गरेका थिए । सुनसरी निर्वाचन क्षेत्र नं १ को धरान उपमहानगर भित्रका विभिन्न वडाहरुमा भेला ,प्रशिक्षण गठन तथा पुनर्गठन गर्ने कार्य तिव्र गतिमा अघि बढिरहेको छ । यस अघि धरान १६,२० तथा ४ नं वडाहरुमा कार्यक्रम सम्पन्न गरिसकेको सुज अभियानले उपमहानगर समितिको संयोजनमा आज धरान वडा नं ५ का स्थानीय जनसमुदायहरुसंग भेटघाट भलाकुसरी गर्दै विभिन्न टोलहरुलाई समेट्दै ५ नं वडा समिति पुनर्गठन गरेको छ ।
५ नं वडाध्यक्ष विर्खमान राईको अध्यक्षता,सुज अभियान सुनसरी १ का संयोजक दिपक मेन्याङ्बोको प्रमुख आतिथ्यता,केन्द्रीय सदस्य जेन्टल लाओती,संघीय परिषद सदस्य टीका कन्दङ्वा,प्रदेश कमिटी सदस्य तथा सुनसरी १ (क) का संयोजक कृष्ण लिम्बु, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका सदस्य नरेश विश्वकर्मा, लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य नगेन्द्र पारघरी, किरात राष्ट्रिय समिति उपाध्यक्ष विना पूमा राई, जिल्ला कमिटी सदस्य रितेश लिम्बू, धरान उपमहानगर कमिटी अध्यक्ष ताजुव लिम्बु लगायतको आतित्यमा भएको उक्त भेलाले विर्खमान राईको अध्यक्षतामा ३७ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
जस अनुसार अध्यक्षमा विर्खमान राई, उपाध्यक्षमा पासाङ्ग शेर्पा,दुर्गा लिम्बू,र नवप्रवेशीका तर्फबाट गणेश लाओती, सचिवमा प्रेमकुमार मगर सहसचिवमा राजेश राई र गंगा लाओती कोषाध्यक्षमा विमला मोक्तान र सदस्यहरुमा नवप्रवेशी सम्पूर्ण सहित ३७ सदस्यी कमिटी बनेको सुज अभियान सुनसरी १ (क) का संयोजक कृष्ण लिम्बुले जानकारी दिएका छन् । विर्खमान राईको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथि तथा स्थानीय बासीहरुलाई वडा नं ५ का ईन्चार्ज चन्द्र सोताङ्गले स्वागत गरेका थिए । कार्यक्रमलाई धरान उपमहानगर कमिटीका अध्यक्ष ताजुव लिम्बू, किरात राष्ट्रिय समिति उपाध्यक्ष विना पूमा राई,केन्द्रीय सदस्य जेन्टल लाओती प्रमुख अतिथि तथा अभियान सुनसरी १ का संयोजक दिपक मेन्याङ्बोले सम्बोधन गरेका थिए भने संचालन पासाङ्ग शेर्पाले गरेका थिए ।