- पोक्लाबाङ् कक्ष ,
चौविसे, २६ कातिक / मेलमिलापकर्ता क्षमता विकास पुर्नताजकि कार्यक्रम आज सम्पन्न भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाको कार्यालयमा भएको दुई दिने कार्यक्रम चौबिसे गा.पा.उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक यज्ञकुमारी रुचालको प्रमुख आतिथ्यतामा कार्यक्रम प्रशिक्षक राष्ट्रिय मेलमिलापकर्ता समिति केन्द्रिय सदस्य मुकुन्द भण्डारी, धनकुटा जिल्ला मेलमिलापकर्ता समिति उपाध्यक्ष अगम बहादुर थापाले सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रम चौबिसे गाउँपालिकाको आ.व. २०७८/७९ अन्तर्गत स्वीकृत योजना कार्यक्रम बमोजिमको चौबिसे गा.पा.का प्रत्येक वडाका सामुदायिक मेलमिलापकर्ता क्षमता विकास पुर्नताजकिको लागि क्षमता विकास पुर्नताजकि कार्यक्रम संचालन गरेको आयोजकले जनाएको छ ।