- पोक्लाबाङ् कक्ष ,
पान्थर, २६ कातिक / ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को शुक्रबार पुनः गठन भएको छ ।
लिम्बुवान फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा दिलेन्द्र कुरुम्बाङ्ल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । नवगठित समिति उपाध्यक्ष श्याम नयन तुम्बापो, सचिव बिरेन्द्र थोक्लिहाङ, सहसचिव सबिन नेम्बाङ, कोषाध्यक्ष सुनिता केरुङ र सदस्यहरू शंकर आत्मा, मनकुमार तुम्रोक, सुबास नुनाम केरुङ, कमल हाङ्सरुम्बा रहेका छन् ।
कार्यक्रममा सल्लाहकार राजेन्द्रकुमार चबेगु हाङ्वासाङ् याक्थुङ्बा, सागर केरुङ र लक्ष्मण लाओतीले शुभकामना मन्तव्य राखेका थिए । लिम्बुवानका विभिन्न पक्षहरुमाथी कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको निवर्तमान सचिव मधुराज केरुङ्ले बताए ।
सेन्टरले विगत ४ बर्ष यता विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।