- मुसाहाङ अम्याङ्सा
पोक्लाबाङ, २६ कातिक , दमक /
“हामीले देख्ने घाम जून” म्युजिक भिडियो चिन्डो क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
सुपर स्टार गायक राजेश पायल राईको स्वरमा सजिएको गीतको शब्द इको कवि- सिरेन बान्तवाले रचेका छन् ।
त्यस्तै संगीत पारश मुकारुङको रहेको छ भने एरेन्ज प्राज्ञ अशोक लोहोरुङले गरेका छन् । गीतलाई रोबर्ट सुब्बाले भर्सन स्टुडियोमा रेकर्ड गराएका छन् । भिडियोमा कवि- पुष्पहाङ् लोवा, दिव्या आङ्ला र जयकुमार बान्तवाहरूको अभिनय रहेको छ ।
भिडियो निर्माणको लागि मिना केरुङ, सुब्बा थेबे, राजकुमारी लिम्बू, नवीन चाम्लिङ, उदिप नेम्बाङ, युकेश लिम्बू, देवी थेगुवा, दुर्योधन लोवा र मौसम बेघा लिम्बूले आर्थिक लगानी गरेका छन् ।
सम्पादन र रंगमा पृथीराज वाम्बुलेको रहेको छ भने श्रृङ्गार मञ्जु लिबाङको रहेको छ ।
गीतको म्युजिक भिडियोमा निरन साम्पाङको छायांकन र निर्देशन रहेको छ ।