पोक्लाबाङ, २६ कातिक २०७८ शुक्रबार
पान्थर / फेदेन नगरपालिका–५, लब्रेकुटि स्थित सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको १३ औं अधिवेशन हिजो सम्पन्न भएको छ ।
उद्घाटन समारोह कार्यक्रममा सत्र थुम गोश्वारी युमा माङहिम परिसर लब्रेकुटि स्थित किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव चन्द्रकुमार आङदेम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले विश्व कुमार तुम्बापोको अध्यक्षतमा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा हरिचन्द्र नेम्बाङ, उपाध्यक्ष नवीनचन्द्र तुम्बापो, तिलमान सम्बाहाङ्फे, महासचिव गणेश तुम्रोक, सचिव इन्दिरा मेयोङहाङ तुम्बापो, कोषाध्यक्ष शान्तिला तुम्बापो निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः नरेन्द्र तुम्रोक, दिल बहादुर लाओती, थर्कमान तुम्बापो, धन बहादुर राई, घनेन्द्र तुम्बापो र धन कुमार तुम्बापो निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन समारोह माङहिम संरक्षण तथा सम्बद्र्धन समिति निवर्तमान अध्यक्ष खगेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको थियो ।