यासक / समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३७ औं जन्मजयन्ती पान्थरको कुम्मायक गाउँपालिकामा मनाइएको छ ।
गाउँपालिका केन्द्र स्थित फाल्गुनन्दको शालिक परिसरमा च्याबु्रङ (केलाङ) नाच र पुजा/अजा गरी जन्मजयन्ती मनाइएको जन्मजयन्तीको अवसरमा कुम्मायक कुसायक तथा महागुरु फाल्गुनन्द शालिक संरक्षण समितिले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गाउँपालिकाको यासक, रानीगाउँ र स्याबरुम्बा गरी ४ वडाका ३१ विद्यालयका कक्षा २ र ३ मा अध्यानरत ४ सय ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
२०५२ सालमा स्थापना भएको महागुरुको शालिक संरक्षण समितिका सस्थापक अध्यक्ष तथा अक्षयकोषका अभियन्ता दल बहादुर चेम्जोङले पनि ९८ वर्षको उमेरमा शालिकमा माल्याणपर्ण गर्नु भएको थियो । काठमाडौंबाट हेलिकप्टर चार्टर गरी शालिकमा पुजा/आजा गर्दै संस्थाको संरक्षण र उत्थानको लागि निरन्तर लागि परेको बताए । उहाँले आफु जहाँ जुनसुकै अवस्थामा भए पनि कुम्मायक गाउँपालिकावासीलाई निरन्तर सझिरहेको बताउनु भयो । सोही अवसरमा महागुरुको शालिक संरक्षण समिति र थाकथाको मावोहाङ चेम्जोङ वंश उत्थान संघले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
महागुरुको शालिक संरक्षण गर्दै आएको समितिले २३ लाख रुपैयाा अक्षयकोष जम्मा गरेको छ । संरक्षण समितिका अध्यक्ष सुर्य विक्रम चेम्जोङको संयोजनमा २ लाख ४ हजार १ सय ११ रुपैयाा ११ पैसा अक्षय कोषमा थप गरी २३ लाख पु¥याइएको समितिका कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लाओतीले बताउनुभयो ।