जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेसनरी वितरण

यासक /    लामो समयदेखि जिल्लामा सामाजिक क्षेत्रमा कृयाशिल हुँदै आएको जनसेवा समाज पान्थरले विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ ।

 

पान्थर जिल्लाको कुम्मायक गाउँपालिका केन्द्रको पृथ्वी मा.वि यासकमा अध्ययनरत विपन्न समुदायका २५ जना छात्रं छात्राहरुलाई न्यानो कपडा र स्टेसनरी प्रदान गरिएको हो । जनसेवा समाजको अगुुवाइ तथा खानेपानी तथा सरसफाइ डिभिजन पान्थरका प्रमूख देवनाथ सिंह र उनकी श्रीमती रेणु सिंहको ५० हजारको सहयोगमा विद्यालयका छात्रछात्राहरुलाई स्कुल ब्याग, टोपी, पञ्जा र स्टेनरी सहयोग गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

 

सिंह दम्पतीले आफ्नो दिवंगत आमा बुवाको स्मृतिमा स्थापना गरेको रामप्रित सज्ञान कुशवाह मेमोरियल ट्रष्ट मार्फत सहयोग गरेको ५० हजार रकमबाट समाजले उक्त सामग्री वितरण गरेका हो । सोहि अवसरमा पृथ्वी माबि कक्षा ११ मा अध्ययनरत जेहेन्दार छात्र राजु सङबाङफेलाई कक्षा १२ सम्म लाग्ने स्कुल फि र न्युन आय भएका स्थानीय २ परिवारलाई खाद्यान्न सहयोग गरिएको समाजले जनाएको छ ।

विद्यालयका छात्र र छात्राहरुलाई गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष देबेन्द्रकुमार लावती र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको उपस्थितिमा उक्त सहयोग सामाग्री हस्तान्त्रण गर्नु भएको थियो ।