- कविन तुम्बापो थेरिङ्बा
धनकुटा, कातिक २५ / विश्व शान्ति मानव एकता तथा सत्य र अहिंसाको प्रतिवादक समाजका संवाहक,किरात धर्मको पथप्रदर्शक, समाज सुधारक, दर्शनदाता, नेपालको १६ औँ राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ् फाल्गुनन्द लिङ्देनको १३७ औँ जन्म जयन्ती आज सम्पन्न भएको छ ।
लिम्बुवान मिक्लुङ्थुम धनकुटाको चौविसे गाउँपालिका वडा नं. ८ देउराली आइतबारेमा फाल्गुनन्द जन्म जयन्तीको अवसरमा आयोजित भलिबल खेल प्रतियोगितामा चौविसे गाउँपालिका वडा नम्बर ८ भरिका विभिन्न टोलका टोल सतरीय खेलाडीहरु सहभागी थिए । उक्त खेलमा प्रथम भञ्ज्याङ भलिवल टिम, द्धितीय आइतबारे भलिवल टिम र तृतीय फुवारक भलिवल टिमले विजय हासिल गरेका थिए । प्रथम, द्दितीय, तृतीय हुने टिमलाई आकर्षक नगद पुरस्कार प्रदान गरेका थिए ।
महागुरु फाल्गुनन्दको जन्म जयन्ती यस ठाउँमा पहिलो चोटि संचालन गरिए तापनि आगामी दिनहरुमा यस ठाउँमा हरेक बर्ष कोजाग्रत टीका पूर्णिमाको बेलामा खेलकुदको साथ लगाइने टीका पूर्णे मेलाको साटोमा यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा प्रत्येक बर्ष मनाउने र विभिन्न कार्यक्रमहरुका साथ दीपावली मान्ने, मनाउनेमा सबै एक जुट हुने कार्यक्रम संचालक एवम वक्ताहरुले स्पष्ट पार्दै अवगत गराएका थिए ।
पर्यटन, विकाससँगै सामाजिक धार्मिक र साँस्कृतिक चेतको विकास गर्न मौलिक विशेषतायुक्त कार्यको थालनी गर्न आवश्यक ठानी जो जहाँ रहन्छ त्यहीं यस खालका कार्यहरु गर्न गराउनु पर्दछ भन्ने हेतुले सुरुवात गरिएको आयोजकले बताए ।
त्यस्तै विश्वको विभिन्न क्षेत्रमा विश्व व्यापी रुपमा मनाइने फाल्गुनन्द जयन्ती पछिल्लो चरणमा राष्ट्रिय अन्तराष्ट्र्रिय पर्वको रुपमा मान्दै मनाउँदै आएको यस पर्वमा विशेष गरी फाल्गुनन्द मिङ्सो माङ्हिम मोरङ् केराबारी –७ मुगु मोरङ, भरौल सुनसरी र लेटाङ मोरङ्मा लगायतका ठाउँहरुमा वर्तमान गुरु अङ्सीमाङ् आत्मानन्द लिङ्देन सेइङ् र गुरुआमा अङ्सीमामाङ् साम्बा पवित्रहाङ्मा लिङ्देन ज्युहरुको विशिष्ट आगमनमा कार्यक्रमहरु सम्पन्न भएका छन ।
१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्म जयन्ती – सफल पारौँ
मुहिङ्गुम अङ्सीमाङ् फाल्गुनन्द लिङ्देन – अम्मर रहुन
मुहिङ्गुम अङ्सीमाङ् आत्मानन्द लिङ्देन सेइङ् – चिरायु रहुन
मुहिङ्गुम अङ्सीमामाङ् साम्बा पबित्रहाङ्मा लिङ्देन – चिरायु रहुन
किरात धर्मको – जय
सम्पूर्ण धर्मवलम्बीहरु – एक हौँ
किरात हाङ्साम साम्यो – तियाहा
आदि नाराहरुले कार्यक्रमको माहोल तातिएको थियो भने उपस्थित सम्पूर्ण किरात धर्म अनुयायीहरुले महागुरुको तस्वीरमा फूलमा माल्यार्पण गरेर फाल्गुनन्द प्रति श्रद्दा व्यक्त गरेका थिए ।