लामो समयदेखि लिम्बूवान सम्वद्ध राजनैतिक संगठनहरुले प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरेका छन् ।
मंगलबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईलाई विराटनगरमा भेटेर उक्त प्रस्ताव गरेका हुन् । प्रदेश नं-१ को लागि किरात नाम प्रस्ताव गर्नेहरुमा डिल्लि मिभक लिम्बू(तेन्धङ), डा. अशोक खुदाङ लिम्बू, नवीन किराती, ओमराज धामी लगायतका नेताहरु रहेका छन् ।
मुख्यमन्त्री राईलाई उनीहरुले ज्ञापन पत्र समेत बुझाउँदै प्रदेशको नाम किरात राख्न प्रस्ताव गरेका हुन् । तेन्धङ मिभक लामो समयसम्म कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, कमल छाराहाङ लगायतका नेताहरुसँग संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरेका ब्यक्ति हुन् भने नवीन किराती किरात वर्कस पार्टीको अध्यक्ष हुन् । यी नेताहरुले पछिल्लो समय किरात मोर्चा गठन गरेर प्रदेशको नाम किरात राख्न पहल गर्दै आएका छन्।
इतिहासको काल खण्डमा किरात सभ्यता भएको दावी गर्दै नेपाली राष्ट्रियताको जग भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । किराती समुदायको भाषा, लिपी, संस्कृतिको विकास गर्न प्रदेशको मिक्लाजुङ गाउँपालिकाको टाँडीमा किरात मुन्धुम विश्व विद्यालय सञ्चालन गर्न लागिएकोले सहयोग गर्न पनि प्रदेश सरकारसँग अनुरोध गरिएको छ । विश्व विद्यालय सञ्चालन गर्न किरात विद्वत परिषद गठन भैं काम अगाडि बढाइएको उल्लेख छ ।
जवाफ दिनु हुँदै मुख्यमन्त्री राजेद्र राईले बहुपंहिचानको आधारमा प्रदेशको नाम राख्न आफुले पहल गर्ने बताए । किरात मुन्धुम विश्व विद्यालयको हकमा प्रदेश सरकारले सकेको सहयोग गर्न बताएका थिए ।

