१ दिने लाइभ चित्रकला कार्यशाला सम्पन्न

  •   पोक्लाबाङ् कक्ष /

 

चुलाचुली , २३ कार्तिक /     ईलाम चुलाचुली गाउँपालिका ३ स्थित सृजना टोलमा नयाँ पुस्ताका कलाकारहरुसित साक्षात्कार गर्ने उदेश्यले मंगलबार १ दिने लाइभ चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

 

आफ्नो जन्मथलो चुलाचुली गाउँपालिका रहेका व्यावसायिक चित्रकार किरणले हाल कर्मथलो भने काठमाण्डौंलाई बनाउँदै आएका छन् । तिहारमा भाई टीका ग्रहण गर्न आफ्नो गाउँ आएका कलाकार किरण सिगुले आफ्नो खाँली समयलाई एक दिने चित्रकला कार्यशाला आयोजना गरेको हुन् ।

 

गाउँमै दुर्लभ हुँदै गएका नेपालीपन झल्काउने मौलिक प्राचीन घरहरुको खोजी समेत गरेका चित्रकार किरणले चुलाचुलीका धेरै वडाहरुमा फन्को मारेका थिए तर उनले चाहे-खोजे जस्तो लोकेशन कहीं भेट्न सकेनन् ।

 

कार्यशालामा उनले भने तीस बर्ष अघि बनाएको छिमेकीको पुरानो घर यहि कातिक २४ गते भत्काएर नयाँ घर बनाउने कुरा सुने किरणले नयाँ पुस्ताका सहभागी भएका कलाकारहरुलाई प्रत्यक्ष रुपमा भत्कीन एक दिन बाँकी रहेका घरलाई मुख्य विषय बनाएर पानी चित्र बनाउन सल्लाह सुझाव दिएका थिए ।  चुलाचुली मिडियाको सहकार्यमा आयोजित उक्त कार्यशालामा किरणले घाममा छाता ओडाएर पानी रंगले पुरानो घरको इतिहास पोत्न सफल भएको उनले सुनाए ।

 

 

कलाकार किरण सिगु लिम्बूले सहजकीरण गर्नु भएको कार्यशालामा क्रमशः चुलाचुली १ बाट सिसागेन लिम्बू, चुलाचुली ३ श्री अन्तु एकाडेमीबाट दोर्जे तामाङ र मिसन थुलुङ, चुलाचुली ५ बाट मनकुमार योङहाङ लिम्बू, चुलाचुली ४ बाट संजय विश्वकर्मा, आयशा लिम्बू, झापा कमल गाउँपालिका १ बाट श्रेय जवेगु, नितेस विश्वकर्मागरि जम्मा  ९ जना कलाकारहरुको सहभागिता रहेको थियो ।