- नरेश क्षितिज /
धरान / जनता समाजवादी पार्टी नेपालको केन्द्रीय नीति तथा कार्ययोजना अनुसार संचालित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं १ को धरान उपमहानगर भित्रका विभिन्न वडाहरुमा भेला, प्रशिक्षण गठन तथा पुनर्गठन गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ । धरान १६ तथा २० नं वडाहरुमा कार्यक्रम सम्पन्न गरिसकेको सुज अभियानले उपमहानगर कमिटीको संयोजनमा आज धरान वडा नं ४ को विकट गाउँ बस्तीहरुमा पुगेर स्थानीय जनसमूदायहरुसंग भेटघाट भलाकुसरी गर्दै विभिन्न टोलहरुलाई समेट्दै ४ नं वडा कमिटी गठन गरेको हो ।
पार्टीका धरान उपमहानगर कमिटी अध्यक्ष ताजुव कुमार लिम्बूको अध्यक्षता,सुज अभियान सुनसरी १ का संयोजक दीपक मेन्याङ्बोको विशेष आतिथ्यता,केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी तथा केन्द्रीय सदस्य भीम राईको आतित्यमा भएको उक्त भेलाले निर्वाचन राईको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा रविन थुलुङ्ग, सचिवमा जीतकुमार राई, सहसचिवमा क्षितिज थापा मगर, कोषाध्यक्षमा गंगा राई रहेका छन् भने सदस्यहरुमा क्रमशः साईमन राई, आशिष मगर, दिलबहादुर रोदुङ्ग, उत्तरकुमार राई,अरुण चाम्लिङ्ग,किसन राई, सरिता चाम्लिङ्ग र टीका मगर निर्वाचित भएका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय नेताहरुले आ –आफ्नो धारणा राखेका थिए ।
उपस्थित विभिन्न तह र तप्काका नेता कार्यकर्ता कार्यक्रममा उपमहानगर कमिटीकी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख विना पुमा राईले स्वागत गरेकी थिईन् भने कार्यक्रम कोषाध्यक्ष लक्ष्मी राईले संचालन गरेकी थिईन् ।