३ लाख डोज खोप चीनले नेपाली सेनालाई दियो

पोक्लाबाङ् कक्ष /   नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप चीनले दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् । खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

सम्बन्धित खवर