भीमबहादुरको न्यायका लागि दवाव दिन दलित संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

  •  नरेश क्षितिज, 

धरान ,  कातिक २२  /     गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका ४ को दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्न पाउनु पर्छ भन्ने आवाज उठाउँदा स्थानीय कथित उपल्ला जाति भनाउने सिताराम बस्नेत तथा दिलिप श्रेष्ठ लगायतका हत्याराहरुलाई जातीय विभेद सहितको हत्यामा कडा भन्दा कडा कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति धरानले पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

धरान ९ स्थित दर्पण सेक्युरिटी कम्पनीको सभाहलमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा चितवन हत्याकाण्डका साथै दलित समुदाय माथि भईरहेका अपमान, हत्या, कुटपिट, बलत्कार, विभेद, छुवाछुतका घटनाकाहरुको विरोध र सशक्त प्रतिकार गर्ने उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ । संयुक्त संघर्ष समितिले चरणवद्ध रुपमा,अन्तरकृया,कोणसभा ,विरोधसभा, धर्ना र्याली साथै आवश्यक परे बन्द हड्ताल, चक्काजाम समेत गरिने बताईएको छ ।

  समितिका अध्यक्ष रमेश गजमेरको अध्यक्षतामा सचिव लम्जेल संघर्षशीलले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा चितवन घटनाको स्थलगत अनुगमन गरेका जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामी, दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य त्रिलोचन लोहार,संयुक्त संघर्ष समितिका सदस्यहरु जुद्ध लोहनी,नरेश विश्वकर्मा,सुमन गहतराज,शशी विश्वकर्मा,तारा दर्नाल,रोशन ठटाल,राजु रोक्का लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो भने पत्रकारहरुले सोधेका प्रश्नका उत्तर दलमर्दन कामी र अध्यक्ष रमेश गजमेरले दिएका थिए ।

कार्यक्रममा बोल्ल्दै स्थलगत अध्यन अनुगमन गरेका दलमर्दन कामीले घटनाको सम्पूर्ण विरण प्रस्तुत गर्दै उक्त घटनालाई तोडमोड गरि मुद्दालाई कमजोर बनाउन विभिन्न तह,तप्का र राष्ट्रिय दलित आयोग समेत समयमा घटना स्थलमा नपुग्ने र हामीले सत्यतथ्य प्रमाणहरु पेश गर्दा समेत सुनुवाई नगरी घटनालाई कमजोर पार्ने प्रयास गरिरहेकाले कसैको प्रभावमा नपरी सत्यतथ्यताका आधारमा समयमै पीडितलाई उचित न्याय दिलाउँने खालका प्रतिवेदन सार्वजनिक गर्न पनि चेतावनी दिदैँ आन्दोलनलाई सशक्त बनाउन सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनसमुदायलाई आव्हान पनि गरेका छन् ।

यस अघिनै समितिले हत्याराहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै ईलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमंत्री कार्यालय,गृहमन्त्रालय,र चितवन जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाईसकेको छ ।

सम्बन्धित खवर