स्वास्थ्य मन्त्री खापुङद्वारा काठमाडौं फर्कने क्रममा पान्थर अस्पतालको निरीक्षण

पान्थर /  स्वास्थ्य राज्यमन्त्री भवनी खापुङले पान्थर अस्पतालको निरीक्षण गर्नुभएको छ ।

दशैँ, तिहार लगायतका चाडपर्व मनाउन गृह जिल्ला तेह्रथुम आउनुभएका खापुङले काठ्मान्डौ फर्कने क्रममा पान्थर अस्पतालको निरीक्षण गर्नुभएको हो ।

उहाँले आज विहान गत असोज २० गते राति अस्पतलमा भएको तोडफोडको स्थलगत निरीक्षण अवलोकन गर्नु भएको हो । निरीक्षणका क्रममा उहाँले क्षतिको विवरणवारे जानकारी समेत लिनु भएको थियो ।

पान्थर जिल्लाको फालेलुङ गाउँपालिका – ८ घर भई फेदेन नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा गत असोज २० गते बिहान अस्पतालमा निधन भएपश्चात स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको संरचनामा क्षति पुगेको थियो ।

अस्पतालमा रहेका कुर्सी टेबल सहितका सामग्री, अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका थिए ।