क्लवको सामूहिक देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम

झापा /  “चाडपर्व मनाउने हामी नेपाली महान,कला संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा नगरपालिका –४ र ७ मीलडाँडामा रहेको नव युवा क्लबले सामूहिक देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय एकता चौक प्राङगणमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का फाइनलिस्ट विकास लिम्बूसँगै स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा क्लवले गत असोज २० देखि २६ गतेसम्म आयोजना गरेको क्लवस्तरिय नकआउट फुटबल प्रतियोगिाताको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । कार्यक्रममा क्लवका सचिव पूर्णबहादुर भूजेलद्वारा प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी दुई लाख चार हजार रुपैयाँ, जम्मा खर्च एक लाख ७८ हजार छ सय ६५ रुपैयाँ र जम्मा बचत २५ हजार तीन सय ३५ रुपैयाँ उल्लेख गरिएको उक्त बचत रकम क्लवको भवन निर्माण कार्यमा खर्च गरिने अध्यक्ष मैनालीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि राना, नगर कार्यपालिका सदस्यद्वय नवराम ढुंगाना र बलदेवसिंह गोम्देन, नेकपा एमाले वडा नम्बर ७ का अध्यक्ष गोविन्द प्रसाद खतिवडा, सामाजिक व्यक्तित्व केदारनाथ पराजुली लगायतले आफ्नो धारणा सहित क्लबको भवन निर्माण गर्न सहयोग गर्ने बताएका छन् । क्लवको वर्तमान औचित्य अवस्थाबारे क्लवका सल्लाहकार सदस्य तुलसी श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा क्लव अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य सचिव भूजेलले राखेका थिए भने कार्यक्रमको सञ्चालन लेखा समिति संयोजक मानबहादुर बुढाथोकीले गरेका थिए ।