तेह्रथुम / युमा साम्यो महासभा नेपाल तेरथुमको आयोजनामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपालको उतरपूर्वी लिम्बुवान तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा युमा साम्यो महासभा नेपाल तेरथुमको आयोजनामा ‘आसन्न जनगणनामा युमा धर्म लेखौँ र लेखाऔं’ भन्ने मूल नाराका साथ छलफल तथा अन्तरक्रिया मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङ्ले लिम्बूहरूको मुन्धुमहरू युमाद्वारा सञ्चालित भएको र (याक्थुङ) लिम्बुहरूको धर्म भनेकै युमा साम्यो हो । ब्रामण्डको संरक्षण गर्ने र संसारको सृष्टिकर्ता युमा नै रहेकोले युमाको सह अस्तित्व नै युमा धर्म भएको बताए । उहाँले यता किरात याक्थुङ् चुम्लुङ्ले २०४६ सालदेखि किरात धर्म, लिम्बू समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको यथार्थमा लिम्बू समुदायको धर्म भनेकै युमा धर्म भएको बताए ।
कार्यक्रममा किरात धर्मले लिम्बू समुदायको अस्तित्व नै समाप्त गराई रहेको बेला युमा धर्मले अस्तित्व स्वीकार गर्न लिम्बू समुदायको मौलिकता धरापमा पार्दै जाने र युमा धर्मको बारे गम्भीर छलफल गरी मौलिक लिम्बूहरूको अस्तित्वलाई समेट्न आवश्यक रहेको किरात याक्थुङ् चुम्लुङ् तेह्रथुम जिल्ला उपाध्यक्ष दिल साङवाले यस्तो बताए ।
किरात याक्थुङ् याक्थुङ् चुम्लुङ्ले किरात भन्दै आएको तथा युमा साम्यो महासभा नेपाल एवं याक्थुङ चुम्लुङले युमा भन्दै आएको अवस्थामा विवादलाई समाधानको निम्ति सबै एक भएर जाँदा लिम्बूहरूको लागि राम्रो हुने कियाचु छथर गा.पा. अध्यक्ष थानाहाङ् तिगेला खेवाहाङ्ले बताए ।
कार्यक्रममा सहभागिहरूले लिम्बूको धर्मबारे अझै अन्योलमा रहेको लिम्बू समुदायका धर्मको बारे विवाद हुँदै आएको छ ।