- पोक्लाबाङ न्यूज कक्ष,
वाराङगी, कातिक २१ /
ऐतिहासिक धार्मिक स्थल बराह मन्दिर परिसर वरपरको सरसफाइ तथा घेराबारा रङ् रोगन गर्ने काम स्थानीय अगुवा युवाहरुको संयुक्त पहलमा सम्पन्न भएको छ ।
लिम्बुवान मोरङ जिल्लाको उतरी क्षेत्र लेटाङ नगरपालिका वडा नं.–७ वारंगीमा अवस्थित ऐतिहासिक धार्मिक स्थल बराह मन्दिर करीव २ दशक अगाडि निर्माण गरिएको फलामे घेरावारामा आर्थिक अभावका कारण मन्दिर व्यवस्थापन समितिले रङरोगन गर्न नसक्दा फलाममा खिया लागेर धेरै लामो समयसम्म नटिक्ने र आकर्षक पनि नदेखिने भएकोले युवाहरुले रङ्रोगनको कामलाई अघि बढाएको स्थानीयले वताए ।