लेखगाउँ पुग्ने सडक अवरुद्ध हुँदा खाद्यान्न अभाव

मिक्लाजङ   कातिक २० /   पान्थरको मिक्लाजङ गाउँपालिका –७ मा रहेको लेखगाँउमा गत कातिक पहिलो सातामा परेको अविरल बर्षा पहिरोको कारण सडक अवरुद्ध हुदाँ खाद्यान्न अभाव भएको छ ।
गएको पहिरोले लेखगाउँ पुग्ने सडक अवरुद्ध हुँदा लेखगाउँमा खाद्यान्न अभाव भएको हो । खाद्यान्न अभाव भएपछि लेखगाउँका पहिरो पिडित सहित स्थानीयहरु बिचल्लीमा परेका छन् । मिक्लाजङ गा.पा. ७ लेखगाउँमा करीब १२५ घरघुरीको बसोबास रहेको लेखगाउँस्थित खोलाखर्कमा पहिराले ६ घर बगाएको थियो भने २ जनाको समेत मृत्यु भएको थियो । लेखगाउँमा पहिरो बग्न थालेपछि जोगिन भाग्दा शरीरमा एकसरो मात्र लुगा लगाएको पीडितहरु स्थानीय आफन्तकामा बस्दै आइरहेका छन् ।
रबि राँके सडकको रबि लेखगाउँ खण्ड र लेखगाउँ भेडेटार खण्ड अवरुद्ध छ । झापाको दमक देखि मिक्लाजङको कन्याटारसम्म सवारी पुगे पनि त्यहाँबाट खाद्यान्न ढुवानी गर्न अप्ठ्यारो रहेको स्थानीयले बताए ।