संखुवासभा, कातिक २०/
१ नं.प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम पहिचानका आधारमा राखिने बताएका छन् ।
शुक्रबार संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दे मुख्यमन्त्री राईले प्रदेश नं. १ को नामकरण बहुपहिचानका आधारमा सहमति छलफलबाट टुङ्गो लगाउने उनले बताए । गृहजिल्ला भोजपुर जाने क्रममा तुम्लिङ्टार विमानस्थलमा मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नेबारे संसदमा छलफल गरेर चाँडै टुङ्गो लगाउने आश्वासन दिएका छन् ।
मुख्यमन्त्री राईले प्रदेश नं. १ को नामकरण बहुपहिचानका आधारमा टुङ्गो लगाउने
