काठमाडौ, २० कातिक / लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘छुइ छुइहा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ ।
शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बूको संगीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको छ ।
याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ् र भोजराज साम्बा रहेका छन् भने लेखक सागर केरुङ, निर्देशक यलम्बर खम्बु, मुख्य सहायक निर्देशक तथा नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बर बहादुर तुम्बापो रहेका छन् । त्यसै गरी सह–निर्माताहरूमा नन्दु भाइ मेन्याङबो, मानबहादुर साङ्वा र दिपक राजवंशी रहेका छन् ।
चलचित्रको छायाँङ्कन विक्रम डिसि, ड्रोन अपरेटर विक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङको छ भने नृत्य बरदान संगीतालयको रहेको छ । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी व्यवस्थापन सुबास केरुङ नुनामले गरेका छन् ।