हाङ् चेम्जोङको निर्देशनमा पालाम ‘माङगेन्ना चो–लुङ्’ सार्वजनिक

  •   पोक्लाबाङ् न्यूज ,

 

दमक /  निर्देशक हाङ् चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङगेन्ना चो–लुङ्’ सार्वजनिक गरेको छ ।

सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमा निरन्ता नेम्बाङ् र सुमन लिम्बूको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङगेन्ना चो–लुङ्’ सेवालुङ् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिबी लिम्बूको छायाँकन तथा सम्पादनमा, सञ्जु थलङ् को श्रृङगार रहेको भिडियोमा पर्शु थलङ् को ड्रोन रहेको छ ।
काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायाँकन गरिएको भिडियोमा भिम तुम्बाहाङफे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ्, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ्, तिर्सना नेम्बाङ्, पर्शु थलङ् र यासेली योङ्हाङ् लगायतले अभिनय गरेका छन ।