- पोक्लाबाङ् न्यूज ,
पान्थर / याक्थुङ–लिम्बू भाषाको गीत ‘नुरिकाङ् वयो’ म्यूजिक भिडियोको छायांकन विहीबार सम्पन्न भएको छ ।
ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा निर्माण भएको गीतमा शब्द/संगीत/स्वर मोनी ताम्लिङ्, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो चवेगू र शृङ्गार अमृता चवेगूको रहेको छ ।
लिम्बुवान पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा–लुङ्, नाम्फुन्यक, तिल्लिजङ्, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् । ओपेरा इन्टरटेन्मेन्टको युट्युब चानलद्वारा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ्, सुक्मिता केरुङ् र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।