हामीले देख्ने घाम जून गीत सार्वजनिक

  •  पोक्लाबाङ् कक्ष , 

 

झापा /

पूर्वेली कलाकारहरूको प्रस्तुतिमा रहेको ‘हामीले देख्ने घाम जून’ गीत सार्वजनिक हुने भएको छ ।

सुपरस्टार गायक राजेश पायल राईको स्वरमा रहेको गीतको शब्द कवि सीरेन बान्तवाले रचेका छन् । त्यस्तै, सङ्गीत पारस मुकारुङको रहेको छ । एरेञ्ज भने प्राज्ञ अशोक लोहोरुङले गरेका छन् । गीतलाई रोबर्ट सुब्बाले भर्सन स्टुडियोमा रेकर्ड गराएका छन् ।

भिडियोमा पुष्पहाङ लोवा, दिव्या आङ्ला, जय कुमार बान्तवाहरूको अभिनय देख्न सकिनेछ । सम्पादन र रङ्गमा पृथीराज वाम्बुलेको उपस्थिति रहेको छ भने श्रङ्गारको जिम्मेवारी मञ्जु लिवाङले लिएकी छिन् । गीतको म्युजिक भिडियो निरन साम्पाङको निर्देशनमा तयार भएको छ ।

क्यामेरा विधामा पनि साम्पाङले नै काम गरेका छन् ।