युमा साम्यो महासभा नेपाल पान्थर याङ्वरक गाउँपालिका अध्यक्षमा माबो चयन

  •   प्रवेश मुसाहाङ लिम्बू

पान्थर, कातिक १८ / युमा साम्यो महासभा नेपाल याङ्वरक गाउँपालिका पान्थर समिति गठन गरेको छ ।

विहिबार लिम्बुवान याङ्वरकथुमस्थित युमा साम्यो महासभा नेपाल, युमा साम्यो अभियानता पदम चेन्जी माबोको सक्रियतामा सम्पन्न उक्त भेलाले तुम्याहाङ् देउकुमार माबोको अध्यक्षतामा १७ सदस्यीय याङ्वरक गा.पा. समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण माबो, सचिवमा सुनिल माबो र कोषाध्यक्षमा रणबहादुर माबो निर्वाचित भएका छन् भने सदस्यहरूमा क्रमशः भीमलाल माबो, राजकुमार माबो, जंगीश्वर सेङ्वा, झरमान माबो, भवानी माबो, हर्क तावा, इश्वर सेङ्वा, देशराज माबो, भीम माबो, सन्तकुमार माबो, चिजमाया तावा, बालन्द माबो र इन्दिरा माबो रहेका छन् ।
कार्यक्रममा आउँदो नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ मा याक्थुङ् (लिम्बू) समुदायहरुले जातजातिको महलमा याक्थुङ लिम्बू, मातृभाषाको महलमा याक्थुङ्, पूर्खाको भाषाको महलमा याक्थुङ, दोस्रो भाषाको महलमा खस नेपाली वा अन्य र धर्मको महलमा युमा धर्म लेख्न, लेखाउन चुम्लुङ् कार्यकर्ताहरूलाई अपिल गर्नु भएको थियो ।
कार्यक्रममा याङ्वरक गाउँपालिका (पाङ्भे) का अग्रज तुतु तुम्याहाङ, याक्लागेन् सुहाङ, नालीगेन् थाङ्बेन, सिसागेन् मेन्छिन, फेदाङ्मा, साम्बा, येबा, येमा, सिङसाङ्गे फेरेङ्गे लगायत सर्वसाधारण जनसमुदायको उपस्थितिमा गम्भिर छलफल गरी सर्व सहमतिले याक्थुङ्–लिम्बू जातिको परम्परागत प्राचीन मुन्धुमी मौलिक पहिचान युमा धर्म, संस्कार, संस्कृति, परम्परा, चालचलन आप्लुङ ताङ्सेप (संरक्षण) गर्ने सहभागिहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।