- पोक्लाबाङ् कक्ष ,
मोरङ /
मोरङको केराबारी गाउँपालिका–७ मा निर्माण भएको मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन फाल्गुनन्द मिङ्सो माङ्हिम १ नं. प्रदेश मुख्यमन्त्री राजेन्द्र राईबाट उद्घाटन हुने भएको छ ।
किरात धर्मलम्बीहरुले फाल्गुनन्द लिङ्देनलाई विश्व शान्ति तथा मानव एकताका प्रवर्तक किरात धर्म दर्शनदाता मान्दछन् । राष्ट्रिय विभूति समेत रहेका महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं महागुरु फाल्गुनन्द लिङ्देन जन्मजयन्ती अवसरमा उद्घान हुने भएको हो ।
जन्मजयन्तीको अवसरमा उद्घघाटन सहित विविध कार्यक्रमहरुको आयोजना हुने भएको छ । कातिक २३ देखि २५ गतेसम्म सप्तकोशीमा गालीश्राप, विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द लिङ्देन १३७ औं जन्मजयन्ती मुल समारोहको प्रदेश नं. १ को मुख्यमन्त्री राजेन्द्र राईको उपस्थितिमा उद्घघाटन हुने भएको छ । सोही दिन किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङ् तथा किरात धर्म गुरुआमा साम्बा पवित्रहाङ्मा लिङ्देन ज्युहरुको हस्तबाहुलीबाट मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द मिङ्सो माङ्हिमको उद्घघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिने भएको छ ।
केराबारी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, साँस्कृतिक विविधतालाई प्रचार प्रसार गर्ने भनेर किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङ् ज्यूबाट आशिर्वचन, मुन्धुमी गायक बबिम सेर्मा र सुनिता थेगिम लगायत कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
किरात धर्मवलम्बीहरु विश्व शान्ति, मानव एकताका, अहिंसा चाहने १३७ औं जन्मजयन्ती मूल समारोह आयोजक समिति अध्यक्ष अमरदल मिभकले बताए ।