- पोक्लाबाङ् कक्ष /
झापा / आगामी १२ औं राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म लेख्न आठ वटा सामाजिक संस्थाहरुले संयुक्त अपिल जारी गरेको छ । यस अघिको गणनामा किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मात्र संस्थागत रुपमा धर्मको महलमा किरात लेख्दै आएका थिए भने यस बर्षदेखि सुरेल, हायु, जिरेल र थामि समुदायको सामाजिक संस्थाहरुले धर्मको महलमा किरात लेख्ने निर्णय गरेर प्रचारमा जुटेको छ । किरात धर्म नेपालको चौथो धर्मको रुपमा स्थापित रहँदै आएको छ ।
जात/जाति, पूर्खा/मातृ, दोस्रो भाषाको महलमा आ–आफनो लेख्ने र धर्मको महलमा सबैले किरात धर्म लेख्न संयुक्त पोष्टर, पर्चा, पम्प्लेट प्रकाशन गरेर प्रचार गर्ने कार्य भइरहेको जनाएको छ । किरात समन्वय समितिको बैठक बसी प्रचारलाई तीब्र बनाउने निर्णय भएको कियाचु केन्द्रीय अध्यक्ष योगराज वनेम फागो लिम्बूले वताए ।