सागर केरुङको निर्देशनमा लिम्बू भाषाको गीत ‘हुक्फोलोफोलो’ छायाँकन सम्पन्न

  •    पोक्लाबाङ् कक्ष ,

 

दमक /   निर्देशक सागर केरुङको निर्देशनमा लिम्बू भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायाँकन सम्पन्न भएको छ ।

मंगलबार पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा–लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायाँकन गरिएको गीतलाई याक्थुङ फिल्मसले निर्माण गरेका हुन ।

सागर केरुङको शब्द तथा प्रेम पंधाकको संगीतमा डिआर हाङ्सरुम्बाको आवाजमा सजिएको गीतको भिडियामो छायाँकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो चबेगु र शृङ्गार अमृता चबेगुको रहेको छ ।

याक्थुङ फिल्मस् युटुब च्याानलमा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ, बुद्धराज इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, भक्त खबास, रुकमान केरुङ, बर्षा खबास, दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता चबेगु, अमृता चबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन ।

सो गीत एकदशक अगाडि ‘नादङ’ एल्बममार्फत डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।