धरानमा याक्थुङ् चुम्लुङ केन्द्रीय तदर्थ समितिको आयोजना चासोत् तङ्नाम १५०५० सम्पन्न

  • पोक्लाबाङ् कक्ष 

धरान कातिक १६/
याक्थुङ् चुम्लुङ् केन्द्रीय समितिको आयोजना याक्थुङ–लिम्बू समुदायको चासोत् तङ्नाम– १५०५० प्रकृतिक पुजक विधिमा सम्पन्न गरेको छ ।


मंगलबार धरान याक्थुङ् चुम्लुङ् केन्द्रीय कार्यालय परिसर युमा हेनादेनमा धरान उप महानगरपालिका वडा नं. १३ का जनप्रतिनिधि वडाध्यक्ष नेत्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सभ्य भव्यताका साथ सम्पन्न भएको हो ।
याक्थुङ समुदायको संस्कृति लोप भई रहेको कारण याक्थुङ् चुम्लुङ्ले साक्थिम विभाग समिति गठन गरी धानाच, केलाङ, हाक्पारे, ख्याली साथमा मुन्धुम वाचन, संस्कृति कार्यक्रमहरुमा प्रस्तुती गर्ने कार्य गर्दै आएको आयोजकले बताए ।

आउँदो नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ मा याक्थुङ् (लिम्बू) समुदायहरुले जातीको महलमा याक्थुङ लिम्बू, पूर्खाको भाषाको महलमा याक्थुङ पान्, मातृभाषाको महलमा याक्थुङ् पान्, दोस्रो भाषाको महलमा खस नेपाली वा अन्य र धर्मको महलमा युमा धर्म लेख्न याक्थुङ चुम्लुङले अनुरोध गरेको छ ।
कार्यक्रममा प्राध्यापक डा. रमेश इजम, तुम्याङहाङ् मुन्धुमसाबा चित्र वनेम, याक्थुङ चुम्लुङ सल्लाहकार/गायक कृष्ण लाओती, किरात राई यायोक्खा सुनसरी अध्यक्ष श्रीपाल चाम्लिङ् लगायतले बोलेका थिए ।


कार्यक्रम याक्थुङ चुम्लुङ केन्द्रीय तदर्थ अध्यक्ष भक्त बहादुर मुसाहाङ (याक्थुङबा मिराक)को अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष टिका माखिमले राखेका थिए भने सचिव अमर तुम्बाहाङ्फेले संचालन गरेका थिए ।
कार्यक्रममा चासोत् तङ्नाम याहाङ् तङ्बे १५०५० कार्यक्रममा विभिन संघ संस्थाका प्रतिनिधि, मुन्धुम साबाज्युहरुहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर