- इछिङ्सा सङ्बाङ्फे (मुसाहाङ)
दमक, १७ कातिक / झापा किरात याक्थुङ् चुम्लुङ् जिल्ला समितिको चुम्लुङ्हिममा वलिहाङ् तङ्नाम २०७८ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मंगलबार किरात याक्थुङ् चुम्लुङ् झापा चुम्लुङ्हिमको परिसरमा कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य तथा जिल्ला सल्लाहकार कृष्ण थेबेको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा जिल्ला सदस्य रुद्र तबेबुङ्, जिल्ला सदस्य तथा भद्रपुर नगर शाखा अध्यक्ष सर्मिला आङ्देम्बे, जिल्ला सदस्य तथा कमल गाउँ शाखा कोषाध्यक्ष चन्द्रकला सुब्बा, विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, बाह्रदशी गाउँ शाखा अध्यक्ष केशव लिबाङ् लगायतले वलिहाङ् तङ्नामको महत्व र विशेषता बारेमा चर्चा परिचर्चा गरेका थिए ।
कार्यक्रम कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा जिल्ला सह–सचिव कविन्द्र सेर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला सचिव प्रेमचन्द्र इवारम लिम्बूले सञ्चालन गरेका थिए ।