‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण विर्तामोडमा सम्पन्न

कातिक १६, झापा / ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण विर्तामोडमा सम्पन्न गरेको थियो ।

स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तर्गतको तेस्रो संस्करणको पुरुष तर्फको उपाधि केर्खा निवासी मुस्कान साम्पाङ राई र महिलातर्फको विराटनगरकी एलिषा उराउले हात पारेका छन् । विर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् नगरपालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताका विजेताले उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरेको थियो । प्रतियोगिता अन्तर्गत फष्ट रनरअप जस्मिन कोइराला र सेकेण्ड रनरअप एकता भट्टराई भएका छन् । त्यस्तै ‘भिवर्स चोइज्ज ’को अवार्ड मिनाल खण्डेलवाल र मस्ट ट्यालेन्टको अवार्ड रिदिमा अग्रवालले हात पारेका छन् । फाइनल प्रतियोगितामा प्रदेश भरिका १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका ३० जनाले यो प्रतियोगितामा भाग लिएका थिए, जसमध्ये फाइनल राउण्डमा १२ जना प्रतिस्पधा पुगेका थिए ।
युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर्स इन्टर टेनमेन्ट प्रा.लि.ले गत दुई वर्षदेखि प्रदेश स्तरिय प्रतियोगिताको आयोजना गर्दै आएको पालिका अध्यक्ष राजवंशीले वताए ।

 

सम्बन्धित खवर