कातिक १६, धरान/ धरान उपमहानगर पालिका वडा –२० मा वडा समिति गठन सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय योजना अनुरुप सुज अभियान अन्तर्गत विभिन्न ठाउँहरुमा संगठन विस्तार तथा गठन पुनर्गठनलाई तीब्र गतिमा अगाडि बढाई रहेको छ । यसै क्रममा आज धरान –२० विष्णुपादुकास्थित रमणीय स्थान चिन्डेडाँडामा जसपा केन्द्रीय सदस्य जेन्टल लाओतीको प्रमुख अतिथ्यतामा जीतकुमार राईको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रुपेन्द्र राई, सचिवमा जीवन राई, सहसचिवमा सनमन राई र कोषाध्यक्षमा एलिना हाङ्खिम निर्वाचित भएका छन् ।
कार्यक्रममा लिम्बुवान राष्ट्रिय समिति सदस्य नगेन्द्र पारघारी, नगर नेताहरु लक्ष्मी राई, सुमन चेम्जोङ, प्रेम राई, मिलन राई, नेपाली समाज सिंगापुर सल्लाहकार सन्देश राई समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बूको संयोजकत्वमा सम्पन्न भएको थियो ।