कातिक १६, लेटाङ /
प्रदेश नं. १ स्तरीय तेस्रो लेटाङ् नगर मेयर कप भलिबल क्लवको उपाधि इटहरी उप महानगरपालिकाले हात पारेको छ ।
मंगलबार लेटाङ्को भलिबल कोर्टमा भएको फाइनल खेलमा ४–१ को सेटले लेटाङ नगरपालिकालाई हराउँदै इटहरी उपमहानगरपालिकाले उपाधि जितेको हो । लेटाङले इटहरी उपमहानगरपालिकालाई पहिलो खेलमा २५ – १७ ले हरायो । दोस्रो खेल इटहरीले २५ –२२ ले जित्यो । तेस्रो खेल २५–२१ ले इटहरीले जित्यो । चौथो खेल पनि इटहरी ले २५–१९ ले जित्दै मेयर कपको उपाधि इटहरी नगरपालिकाले जित्यो ।
फाइनल खेलको म्यान अफ द म्याच लेटाङ नगरपालिका रातो जर्सीका रविन गौतम घोषित हुनु भएको थियो । उपाधि बिजेता र उप विजेतालाई लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राई र उपप्रमुख कृष्णकुमारी निरौलाले मेयर कप, पुरस्कार तथा प्रमाणपत्र सहित नगद १ लाख १ हजार रुपैयाँ र उप विजेतालाई ५१ हजार नगद प्रदान गरेको आयोजकले जनाएको छ ।
सोही अवस्थामा इटहरीबाट खेल खेल्न आएका राष्ट्रिय खेलाडी सुरज चौधरी र हरि अधिकारीलाई सम्मान गरेका थिए ।