प्रदेश १ नम्बरको मन्त्री मण्डल विस्तार

झापा / १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री मण्डल विस्तार गरेका छन् ।

आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् । आङ्बो यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फागुन ३ गते आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका आङ्बोलाई तत्कालीन मुख्यमन्त्री राईले सरकारमा बसेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै मन्त्रीबाट २०७७ पुस ११ गते बर्खास्त गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेत्री विष्णुमाया तुम्बाहाङ्फे नियुक्त भएकी छन् ।