नेकपा (एमाले) दुर्दिम्बा अध्यक्षमा गोपाल तामाङ निर्वाचित

           प्रवेश मुसाहाङ लिम्बू

 

कातिक १५, मिक्लाजङ / नेकपा (एमाले) मिक्लाजङ दुर्दिम्बा वडा समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सोमबार पान्थर (मिक्लुङथुम) मिक्लाजङ गाउँपालिका ८ दुर्दिम्बामा नेकपा (एमाले) जिल्ला समन्वय समिति सदस्य चन्द्र बहादुर चौंलागाईको प्रमुख आतिथ्यतामा भएको प्रथम अधिवेशनले गोपाल तामाङको अध्यक्षतामा ३५ सदस्यीय वडा कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मनिन्द्र लिङ्दम, सचिव मिङ्मा छिरिङ् लामा तामाङ, सह सचिव पूर्णिमा लाओती र कोषाध्यक्ष मैना बल तामाङ् निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः सुरेन्द्र मुसाहाङ् लिम्बू, सन्तोष लिङ्दम, चन्द्र विक्रम वाजी, बम प्रसाद वाजी, गोपाल पुलामी मगर, रेवत निरौला, शान्ति तामाङ्, कल्पना चौंलागाई, कमल मगर, मनमोहन अधिकारी , सुरेश थक्सुहाङ, तारमाया मगर, डिगम बहादुर मगर, छविलाल मगर, बममाया मगर, विनोद वाजी, जीवनज्योति माखिम, कुमारी थापा, सन्देश कार्की, हेमन्त खुलाल, सन्त बहादुर मुसाहाङ, नानीमाया मगर, सन्त बहादुर पोख्रेल, हरिभक्त चौंलागाई, अमिर खतिवडा, नर बहादुर विश्वकर्मा, दिल कुमारी पोख्रेल, सुन्दर कुमार मुसाहाङ र बेद कुमार थक्सुहाङ निर्वाचित भएका छन् ।


कार्यक्रममा नेकपा (एमाले) मिक्लाजङ गाउँपालिका सचिव तथा जननिर्वाचित वडाध्यक्ष रामेश्वर वाजी, जननिर्वाचित वडा सदस्य नोबिम गौतम, जिल्ला सदस्य देवराज घिमिरे, पार्टी सहसचिव मिङ्मा छिरिङ लामा तमाङ लगायतले बोलेका थिए ।
अधिवेशन जिल्ला सदस्य राम बहादुर वाजीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वडा संयोजक गोपाल तामाङ् राखेका थिए । संचालन वडा समिति सदस्य रोशन तामाङले गरेका थिए ।