विभिन्न दल परित्याग गरि ४ दर्जन नेता कार्यकर्ता जसपा प्रवेश

नरेश क्षितिज / धरान,
जनता समाजवादी पार्टी नेपालद्वारा संचालित संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत आज धरान १६ नं वडा समिति गठन/पुनर्गठन कार्यक्रमका बिच नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लगायत विभिन्न पार्टी परित्याग गरि ४ दर्जन नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवम् विदेश विभाग प्रमुख तथा पूर्वमन्त्री रकम चेम्जोङले अविर र खादा लगाएर स्वागत सम्मानका साथ पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा टिकाराम भुजेल,अनिल भुजेल, वीर बहादुर राई, मदन गुरुङ, दिव्या गुरुङ, दिवस लिम्बू, बिरन राई, शुबहाङ्मा राई, नारायण आले मगर, प्रेम मगर, रोशन राई, भूषण राई, अनुप राई, आकाश तामाङ, सामदेन तामाङ, फूर्वा तामाङ, धर्मराज तामाङ, हाङ्सुहाङ लिम्बू, विकल तामाङ, पारस तामाङ, राम शेर्पा, अनिल राई, दिपेन राई, सुन्दर योङ्या, रोहित लिम्बू, सुहाङ राई, यावेश राई, आकाश राई, हरिश तामाङ, राज राई, नगेन याक्खा देवान, पदम लिम्बू, अमृत पोख्रेल, खुशीमान लिम्बू, गंगाहाङ याक्थुङ्वा, साक्तिम योङ्या, अभिशेष गुरुङ, अमन राई, अविमेश गुरुङ, किरण राई, एलन गुरुङ, मनिल गुरुङ, प्रेम गुरुङ, लगायत रहेका छन् । सोही भेलाले जसपा १६ नं वडा समिति पनि पुनर्गठन गरेको छ ।
शिव आङ्देम्बेको अध्यक्षतामा गठित वडा समिति उपाध्यक्षमा सहारा खड्का, सचिवमा अरुण गुरुङ, सहसचिवमा साजन चेम्जोङ, सदस्यहरुमा देवा राई, विष्णु भुजेल, रामकुमारी दर्जी, अभिषेक गुरुङ, अम्बिका शाही, मनमायाँ निरौला, पुष्पा भुजेल, एल बहादुर लिम्बू, सुन्दर योङ्या र रोशन गुरुङ रहेका छन् । यसैबिच समाजवादी महिला संघको १६ नं वडा समिति पनि गठन गरेको छ ।
अम्बिका शाहीको अध्यक्षतामा गठित उक्त समितिको उपाध्यक्षमा पुष्पा भुजेल, सचिवमा मनमायाँ निरौला, सहसचिवमा प्रतिमा राई तथा कोषाध्यक्षमा प्रतिमा शाही रहेका छन् भने सदस्यहरुमा विनिता शेर्पा, मिना राई, नेहा राई, अंजना तामाङ, अनिता धिमाल, विष्णु लिम्बू, रामकुमारी दर्जी, विना शेर्पा रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रकम चेम्जोङले समतामूलक समाज निर्माण र समावेशी ,समानुपातिकका लागि एकमात्र विकल्प जसपा भएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य तथा सुज अभियान सुनसरी १ का संयोजक दिपक मेन्याङ्बो, केन्द्रीय सदस्यद्वय जेन्टल लाओती, दुर्गामाया लिम्बू, १ नं प्रदेश सदस्य कृष्ण लिम्बू, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति सदस्य नरेश विश्वकर्मा, लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य विपिन इवारम, नगेन्द्र पारघरी, नेपाली समाज कतार अध्यक्ष हिराधन राई लगायत अतिथिका रुपमा उपस्थित थिए ।
१६ नं वडाका अध्यक्ष दिलकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धरान नगर कमिटीकी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख विना पूमा राईले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रम संचालन नगर कमिटी कोषाध्यक्ष तथा १६ नं वडा ईन्चार्ज लक्ष्मी राईले गरेकी थिईन् ।

सम्बन्धित खवर