कियाचु मेचीनगर नगर समितिले जनगणना सम्बन्धी कार्यक्रम

मेचीनगर,१५ कातिक /  किरात याक्थुङ चुम्लुङ मेचीनगर नगर समितिले जनगणना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

सोमवार इट्टाभट्टा स्थित आफ्नै भवनमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव प्रमुख अतिथि निरन्ती तुम्बापोले जातिको महलमा लिम्बू, पूर्खाको भाषामा लिम्बू, मातृ भाषामा लिम्बू, दोस्रो भाषा कुन हो भन्ने महलमा नजिकको आदिवासी जनजातिको भाषा, कुन धर्म मान्नु हुन्छ भन्नेमा किरात लेखेर जान सबैलाई अनुरोध गरेकि थिइन् ।

कार्यक्रममा चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, झापा जिल्ला सचिव प्रेमचन्द्र इवारम लिम्बूले जनगणनाको लक्ष्य र उद्देश्यका विषयमा प्रकाश पारेका थिए भने जिल्लाले सबैलाई सचेत भएर जनगणनामा सहभागी हुन आग्रह गरेका थिए । अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रिय चुम्लुड्ं सदस्य शिव कुमार मेन्याड्ंवो,जिल्ला सदस्यहरू दिलिप आड्ंदेम्बे,सर्मिला आड्ंदेम्वे,निवर्तमान अध्यक्ष हर्क फियाक,गोपिलाल लिड्ंदेन लगायतको उपस्थिति रहेको थियो ।

नगरका कार्यवाहक अध्यक्ष धनप्रसाद केरूड्ंको उपस्थितिमा सम्पन्न कार्यक्रममा सदस्य भूमिका लिम्बू फियाकले स्वागत गरेकी थिइन् । कार्यक्रमको सन्चालन् सचिव बिरू बेघाले गरेका थिए ।