मादी नगरपालिकामा प्रदेश १ स्तरीय खुल्ला व्याडमिण्टन प्रतियोगिता शुरु

पोक्लाबाङ कक्ष,
१५ कातिक २०७८/ संखुवासभाको मादी नगर खेलकुद विकास समितिको आयोजनामा १ नं. प्रदेश स्तरीय खुला ब्याडमिण्टन प्रतियोगिता आज शुरु भएको छ ।
दिपावली तिहारको शुभ अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता ३ दिनसम्म मादी नगरपालिकाको कभर्ड हलमा चल्ने प्रतियोगितामा खुल्ला पुरुष डवल पुरुष भेट्रान्स र महिला गरी तीन विधामा सञ्चालन हुने छ । महिला ८ टोली, भेट्रान्स ८ टोली, र खुलातर्फ १७ टिमको सहभागिता रहेको मादी नगर खेलकुद विकास समिति अध्यक्ष नरेश जिमीले बताए ।
यो प्रतियोगितामा खुल्ला डवल तर्फ प्रथम हुनेलाई ५० हजार नगद मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई ३० हजार नगद, मेडल र प्रमाणपत्र भने भेट्रान्स र महिला दुवै विधामा प्रथम हुनेलाई ३० हजार मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने समेत खेल अध्यक्ष जिमीले जानकारी दिए ।

सम्बन्धित खवर