पोक्लाबाङ कक्ष,
मेयङ्लुङ १५ कातिक / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च,नेपाल मेयङ्लुङ नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
सोमबार मेयङ्लुङ न.पा. जिरीमा संघीय लिम्बुवान मञ्च, नेपाल मेयङ्लुङ नगरको तेस्रो अधिवेशन मञ्चका प्रान्तीय उपाध्यक्ष कृष्ण बहादुर तुम्बाहाङ्फे लिम्बुको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा पुनः देवीनारायण सङ्बाङ्फे निर्वाचित भएका छन् । सङ्बाङ्फेकै नेतृत्वमा २५ सदस्यी नयाँ नगर कार्य समिति गरेको छ । समितिको उपाध्यक्षहरुमा भिम थेगुवा, इन्दु लिम्बू र डम्बर खापुङ, सचिवहरुमा देवी आङ्बुङ् र सन्दिप खापुङ्, सह–सचिवमा दिपक सोदेम्बा र अर्थ सचिवमा राजकुमार थेगुवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः जिव चेम्जोङ, जयप्रकाश सङ्बाङ्फे, आशिस यङ्हिम्बा, ईश्वरकुमार सङ्बाङ्फे, मोतिहाङ् सोदेम्बा, हर्क सङ्बाङ्फे सन्तोष थेगुवा, सपना सङ्बाङ्फे, खड्क नारायण खापुङ्, अशोक चोङ्बाङ्, मनुहाङ् सङ्बाङ्फे, हर्कराज सङ्बाङ्फे, कुमार थाम्देन, विमला लिम्बू, सुर्य ब. सेनेहाङ, विजुले खापुङ र बुद्धिमान खापुङ् निर्वाचित भएका छन् ।
कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लाओती, संघीय सदस्य तथा विद्यार्थी अध्यक्ष सेसेहाङ चोङबाङ, प्रान्तीय सदस्य खेल बहादुर सङ्बाङ्फे, जिल्ला अध्यक्ष विजय निङ्लेखु, तुम्येहाङ अध्यक्ष प्रेम बहादुर सङ्बाङ्फे, लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी सो दिनमा नगर समितिले नयाँ कार्यलय स्थापना गरेको छ । जिरीमा स्थापना गरिएको कार्यालयको बोर्ड प्रमुख अतिथि तुम्बाहाङ्फे र बयोवृद्ध नेता खेलबहादुर सङ्बाङ्फेले संयुक्तमा उदघाटन गरेका थिए ।
कार्यक्रम अध्यक्ष देवीनारायण सङ्बाङ्फेको सभाध्यक्षतामा, स्वागत मन्तव्य डम्बर खापुङ्ले राखेको उक्त कार्यक्रमको संचालन नगर सचिव देवी आङ्बुङ्ले गरेका थिए ।