म्युजिक भिडियो पालाम ‘निङ्वा इगेक’ छायाँकन सम्पन्न

काठमाडौ , कातिक १५/

लिम्बू भाषाको पालाम साम्लो ‘निङ्वा इगेक’ को म्यूजिक भिडियोको छायांकन सम्पन्न गरेको छ ।

सेवालुङ युट्युव च्यानलले निर्माण गरेको भिडियोलाई निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेको हो ।

निरन्ता नेम्बाङको शब्द संकलनमा सुमन लिम्बू र निरन्ता नेम्बाङको आवाजमा सजिएको पालाम भिडियोमा सञ्जु थलङको शृङ्गार रहेको छ भने इशाक चोबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

पालाममा भिम तुम्बाहाङ्फे, सागर केरुङ, रुबिना लिम्बू इङ्नाम, निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङनाम, प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम, दिल कुमार इङ्नाम, जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्नाम, कुलबहादुर इङ्नाम, श्यामबहादुर इङ्नाम र आयुस इङ्नामले अभिनय गरेका छन ।

सो पालाम केहिदिन भित्रै सार्वजनिक गरिने निर्देशक चेम्जोङ्ले बताए ।