हत्यारालाई कडा कारबाहीको माग गर्दै ज्ञापन–पत्र बुझाईयो

नरेश विश्वकर्मा
धरान/    हत्यारालाई कडा कारबाहीको माग गर्दै ज्ञापन–पत्र बुझाईयो

चितवनको भरतपुर महानगरपालिका वडा नं ४ दुर्गाचौकमा रहेको दुर्गा मन्दिरमा दलितले पनि पुजा गर्न पाउनु पर्छ भन्ने आवाज उठाउँदा स्थानीय कथित उपल्ला जातिको कुटपीटबाट मृत्यु भएका भिमबहादुर विकका हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति, धरानले इलाका प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र चितवन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदै ज्ञापन –पत्र बुझाएको छ ।
संघर्ष समितिका अध्यक्ष रमेश गजमेर र सचिव लम्जेल संघर्षशीलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ः चितवन हत्याकाण्डमा संलग्नलाई फौजदारी मुद्दा अन्तर्गत ज्यान सम्बन्धी मुद्दा मात्र लगाईएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ कि घटना केवल हत्या मात्र नभएर जातीय विभेद समेत भएकाले कर्तव्य ज्यान मुद्दाका साथै जातीय छुवाछूत तथा कसुर समेतको मुद्दा प्रकृया अगाडि बढाई कारबाही गर्न जोडदार माग गरिएको छ । त्यस्तै मुलुकमा दलित समुदायमाथि भईरहेका श्रृङ्खलाबद्ध रुपमा हत्या हिंसा,जातीय भेदभावको अन्त्यका लागि पनि हदैसम्मको कारबाहीको माग गरिएको छ । आगामी दिनमा यस्ता घटना यस्ता घटना कोहि कसैले कारबाही प्रकृया सुन्दै दोहोर्याउँने आँटनै नगर्ने गरि कारबाहीको दायरामा ल्याउन जोडदारका साथ माग गरेको छ । चितवनमा हत्या गरिएका भीमबहादुर विश्वकर्मा,उनको परिवार र सिङ्गो दलित समुदायले गर्व गर्न लायक न्याय दिलाउन पनि ज्ञापन पत्रमा भनिएको छ । त्यस्तै विश्वकर्माको परिवारको जीवन निर्वाह र शान्ति सुरक्षाको जिम्मा तत्काल राज्यले लिनु पर्ने माग पनि गरिएको छ । संघर्ष समिति अध्यक्ष रमेश गजमेर, नेकपा सम्वद्ध दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्य डिल्लि नेपाली त्यसै गरी जुद्ध लोहनी, खगेन्द्र नेपालीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए भने जसपा शिल्पी विशेष राष्ट्रिय समिति सदस्य नरेश विश्वकर्मा र नेपाल दलित मुक्ति मोर्चा धरान संयोजक सुमन गहतराजले ज्ञापन पत्र तत्काल सम्बन्धित निकायमा पु¥याएर कारबाही प्रकृया शुरु गर्न दबावपूर्ण भनाई राखेका थिए । ज्ञापन पत्र बुझाउने उक्त कार्यक्रममा धरानमा कृयाशिल राजनीतिक दलका दलित भातृसंगठनहरु र दलित संघसंस्थाहरुको प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको ।

सम्बन्धित खवर