पोक्लाबाङ् न्यूज / निबन्धकार निशेष आङ्देम्बेको याक्थुङ–लिम्बू भाषाको आधुनिक निबन्ध संग्रह ‘थिक निसेन’ (एक दृष्टान्त) सार्वजनिक गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशन गरेको पुस्तक आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो ।
कियाचु केन्द्रीय अध्यक्ष योगराज वनेम फागो लिम्बू, जापानका अध्यक्ष चन्द्रकुमार चबेगुले सार्वजनिक गरेका हुन् । यस्तै कृतिबारे प्राज्ञ अमर तुम्याहाङले समीक्षा गरेका थिए ।
सामाजिक तथा समसामयिक विषयवस्तुलाई समेटेर लेखिएको निवन्ध संग्रहमा ‘काक्चिक्या’ ‘आल्लो फरिक आन्नि सुम्मिन्बा केबान’ (अहिलेसम्म नदेखिएको बाघ), हिन्जाबित्छो नु हिन्जा बित्छोरेन युक’ (बालबालिका र बालबालिकाको अधिकार), ‘सिङ्बुङ ताङ्माल्ले हिङ्मन चोन’(रुख ढाल्दा जीवन ढल्छ), ‘मुन्धुम सावान्देन याक्थुङ लाजे’ (मुन्धुमको जन्म थलो याक्थुङ लाजे) ‘हिम’ (घर) शिर्षकमा लेखिएका निवन्धहरु समावेश गरिएको छ ।
सिरिजङ्गा लिपि र देवनागरीमा प्रकाशित कृतिभित्र १३ ओटा निबन्ध समेटिएका छन् । कृतिलाई अंग्रेजीमा समेत अनुवाद संग्रह ‘एन इलुस्ट्रेसन’ प्रकाशित छ ।
लेखक आङदेम्बेको यस अघि सिरिजङ्गा लिपिमै ‘थाङदेन’ (तन्नेरी) गजल संग्रह र ‘हाङ्युक्ना पाङ्यक’ (राजधानी सहर) निबन्ध संग्रह प्रकाशित छन् ।