लिम्बुवान मञ्च मेयङलुङ ८ को अध्यक्षमा थमन

तेरथुम, १३ कातिक/
संघीय लिम्बुवान मञ्च, नेपाल मेयङलुङ नगरपालिका वडा नं. ८ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार आयोजित अधिवेशनले थमन लिम्बूको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति गठन गरेको छ । उक्त अधिवेशनले बरिष्ठ उपाध्यक्षमा तुल बहादुर लिम्बू, उपाध्यक्षहरुमा मन कुमार लिम्बू, राकेश लिम्बू, सचिवमा भक्तहाङ लिम्बू, सह–सचिवमा सन्जिव लिम्बू र अर्थसचिवमा सिला लिम्बू निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः रोहित लिम्बू, अजय लिम्बू, निसा लिम्बू, नवीन लिम्बू, सीता लिम्बू, नगिन लिम्बू, सुखशान्ति लिम्बू, युकेश लिम्बू, समिर लिम्बू, सुरेश लिम्बू, नरेन्द्र लिम्बू, केशरमान लिम्बू, शुक्रराज लिम्बू, खड्क बहादुर लिम्बू, सञ्जय हाङलिम्बू, अनिता लिम्बू, हिमाल लिम्बू, इक्साहाङ लिम्बू, केक्बेहाङ लिम्बू, नरेन्द्र लिम्बू, सलुहाङ लिम्बू र विजय कुमार लिम्बू रहेका छन् ।