गौरादहमा जनगणना सचेतना कार्यक्रम

पोक्लाबाङ डेस्क
कातिक १४, २०७८/ १२ औं राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना कार्यक्रम गौरादहको ज्ञानज्योति स्कुलमा सम्पन्न भएको छ ।
कियाचु जिल्ला शाखा झापाको आयोजना तथा कियाचु गौरादह नगर शाखाको व्यवस्थापनमा गरिएको कार्यक्रममा कियाचु केन्द्रीय महासचिव निरन्ती तुम्वापोले १२ औं राष्ट्रिय जनगणनामा आफ्नो सहभागिता रहनुको महत्व प्रष्ट पार्नुहुँदै जातजातिको महलमा लिम्बू, मातृभाषाको महलमा लिम्बू, पुर्खाको भाषामा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिवासी जनजातिको भाषा र धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन अपिल गर्नुहुँदै प्रत्येक याक्थुङ्–लिम्बुहरुको घरघरमा पुगेर यसप्रकारको अभियान चलाउन चुम्लुङ् कार्यकर्ताहरूलाई आव्हान गर्नु भएको छ ।
यसरी नै कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्बोले राष्ट्रिय जनगणना सम्बन्धि आफ्नो मन्तव्य राख्नुहुँदै जनगणनामा आउने प्रश्नावलीहरूको उत्तर अत्यन्तै संवेदनशील भएर दिन समेत आग्रह गर्नु भएको छ ।

 

 


कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले सचेतना कार्यक्रम आयोजना गर्नुको औचित्य प्रष्ट पार्दै मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ सम्पन्न हुँदै गरेको जनगणनामा कुनै पनि याक्थुङ् लिम्बुहरु नछुटोस् भन्ने अभिप्रायले सम्पूर्ण तहका चुम्लुङ् कार्यकर्ताहरू लागि पर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा चुम्लुङ् जिल्ला सल्लाहकार देवेन्द्र चेम्जोङ्, जिल्ला सदस्य चन्द्रकला सुब्बा, जिल्ला सदस्य लक्ष्मी योङ्हाङ्, नगर सल्लाहकार मदन सम्बाहाङ्फे लगायतले आ–आाफनो धारणा राख्नुभएको थियो
कियाचु गौरादह नगर शाखा अध्यक्ष राजकुमार माखिमको अध्यक्षतामा तथा नगर शाखा सचिव नरेन्द्र वनेम फागोले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर