किरात धर्म लेखौं सचेतना अभियान कार्यक्रम देशव्यापी सञ्चालन

काठमाडौं/ आसन्न राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा सचेतना फैलाउँदै, धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देशव्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं सिनामंगलमा शनिवार आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ उत्पत्यका समिति काठमाडौं अध्यक्ष जीवनकुमार सुनुवारको अध्यक्षतामा किरात धर्म लेखौं राष्ट्रिय अभियान उत्पत्यका समन्वयन समिति समेत गठन गरिएको हो ।

यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान उत्पत्यका समन्वयन समिति काठमाडौंको उपाध्यक्षमा यामकुमार राई, भजिन्द्री लाओती पापोहाङ, सचिव डम्बर कुमार सेर्मा पापोहाङ, सह सचिव डम्बर कुमार पालुङवा, कोषाध्यक्षमा पदम लिङदेन चयन भएका छन् । त्यसै गरी समितिको सदस्यहरुमा क्रमश ः मनमाया खालिङ, फुन्दुसिंह मगर, दुविन्द्र सेर्मा पापोहाङ लिम्बू, सोमबहादुर कार्की, हरी थक्लिहाङ थेगिम, मानवहादुर तबेबुङ, पितमप्रसाद देवान, गणेशकुमार पंधाक, यादन सेर्मा, पवित्र लिम्बू सुनुवार लगायत चयन भएका छन् ।
राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा काठमाडौं उत्पत्यकामा अभियान समिति गठन गरिएको अभियान महासमिति अध्यक्ष केहेरसिं योङहाङले बताए । अध्यक्ष योङहाङका अनुसार किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य जातीय संघ संस्थाहरुसँग समन्वयन गरी किरात धर्म लेखौं अभियान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संगठन विस्तार गरिएको हो ।

 

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, संघका केन्द्रीय उपाध्यक्ष भिम्ला येङदेन, पूर्व केन्द्रीय महासचिव रमेश लिङ्देन, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति उपाध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दंगधोज खोयाहाङ, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति सचिव तथा किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भो अध्यक्ष ज्ञानु केदेम, किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति कोषाध्यक्ष तथा किरात साम्यो माङसेवासाबा मुजोलुङ पान्जुम्भो कोषाध्यक्ष प्रकाश सावादेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो उपाध्यक्ष योगेश लाओती लगायत उपस्थिति रहेको थियो ।
यसरी गठन भएको उत्पत्यका समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङ्गेन्ना सेवा समिति, मातहत संस्थाहरुका प्रतिनिधिहरु, किरात धर्मावलम्बीहरु लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी उत्पत्यका समन्वयन समिति गठन गरिएको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर