लिम्बू भाषाको गीत ‘केभेक्ते फुङ ए’ भिडियो सार्वजनिक

पोक्लाबाङ/     सुमधुर कोकिल आवाजकी धनी लोकप्रिय गायिका सीता सिङ्गक लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको गीत ‘केभेक्ते फुङ ए’ भिडियो सार्वजनिक भएको छ ।

गीतकार इजम पि एस सुभाको शव्दमा, संगीत एकान्त आङदेम्बेको संगीतमा सजिएको लिम्बू भाषाको गीत ‘केभेक्ते फुङ ए’ भिडियो गायिका सीताको अफिसियल युट्यूव च्यानल फेदापहाङमाबाट सार्वजनिक गरिएको हो ।

निर्देशक रनवीर सेर्मा (रवि)को निर्देशनमा दुर्गा वान्तावा राई र मनोज राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको भिडियोमा सीता सिङ्गक, यासेली योङहाङ र बिनोद पोमुको अभिनय रहेको छ ।

निशा टासिदिङको निर्माणमा एकशन प्रेम र विछोडको कथामा तयार पारिएको भिडियोमा सुमिना राना मगरको मेकअप तथा विनोद पोमुको फाईट कम्पोज रहेको छ ।

देबेश राईको संगीत संयोजनमा स्टुडियो एकस्टिक नेपालमा रेकर्ड गरिएको गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

सम्बन्धित खवर