काठमाडौं/
देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ९ सय ११ को परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख १२ हजार ९९४ पुगेको पिसीआर विधिबाट गरिएको परीक्षणमा छ । एन्टिजेन परीक्षण गर्नेको संख्या ९४ हजार ५०३ छ । पछिल्लो समय थप ९११ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको र निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।