लिम्बुवानखबर संवाददाता । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ । निगमले दुवै पेट्रोलियम पदार्थको भाउमा प्रति लिटर तीन रुपैयाँ बृद्धि गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै स्वचालित प्रणाली अन्तर्गत मूल्य वृद्धि भएको निगमले जनाएको छ । त्यस्तै हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपियाँ वृद्धि भएको छ ।
नयाँ मूल्य सूचि अनुरुप पेट्रोल प्रतिलिटर १३३, डिजेल ११६ र एलपी ग्यास प्रतिसिलिण्डर १५सय रुपियाँ कायम भएको निमगले जनाएको छ ।