भीडभाड ‘नमस्ते झरना’ (फोटो)

विराटनगर । प्रदेश १ का चर्चित पर्यटकीयस्थल नमस्ते झरनामा शनिबार आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । निषेधाज्ञा खुकुलो भएपछि झरनामा आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेको छ ।

धनकुटाको साँगुरिगढी गाउँपालिका–६ मा रहेको उक्त भरना भडेटार बजारबाट ८ किलोमिटर उत्तरपूर्वमा धरान–धनकुटा सडक छेउमा पर्दछ । यो झरना करिब ८० मिटर माथिबाट खस्छ । त्यही भएर तराइमा बढेको अधिक गर्मी छल्न आन्तरकि र वाहिय पर्यटकको रोजाइमा पर्दछ ।

पछिल्लो समय आन्तरिक पर्यटक पनि पर्यटकीय क्षेत्र घुम्न जाने प्रचलन बढ्दै गएको पाइन्छ । विशेष गरी शुक्रबार र शनिबार भेडेटार, नाम्जे, राजारानीमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पर्यटकको आगमन बढेसँगै उक्त क्षेत्रमा आर्थिक कारोबारसमेत वृद्धि भएको होटल व्यवसायीहरू बताउँछन् ।

तस्बिरहरूः राकेश कर्ण

सम्बन्धित खवर